सर्वोच्च अदालतले त्रिपालको सहयोग माग गरेको छ।
मंगलबार सर्वोच्च अदालतमा आगजनी भएपछि अहिले कर्मचारीहरूले सामान ओसारपसार गरिरहेका छन्।
यसरी ओसारिएका कतिपय नजलेका फाइलहरू जोगाउन र अन्य सामान जोगाउनका लागि सर्वच्च अदालतले त्रिपालको माग गरेको हो।
‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउन भएपनि कर्मचारीहरू खटिनुभएको छ। सामान राख्नलाई त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्न पर्यो,’ सूचना अधिकारी निराजन पाण्डेले भने।