नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्ने र सुधार गर्नेबारे १६ मिनेट लामो भिडिओ सन्देश जारी गरेका छन्।
'पार्टीका साथीहरूमा अपिल- हामी सच्चिनेछौं, अनि झन् बलियो भएर उठ्नेछौं' भन्दै महामन्त्री थापाले शुक्रबार जारी गरेको भिडिओ सन्देशमा पार्टीको गति र मति जिम्मा लिएर मिलाउने उल्लेख छ।
उनले पार्टी शुद्धीकरणका लागि साथ खोजेका छन्।
‘हामीभित्र भएको सारा फोहोरहरू सफा गरौं, सारा दागहरू मेटाऔं, कांग्रेस यस्तो संस्थाको रूपमा प्रस्तुत गर्छौं- हामी कानुनको शासनभित्र रहेर काम गर्छौं। कुनै पनि व्यक्ति कांग्रेस सदस्य भएकोले गर्दा राज्यबाट केही अतिरिक्त सुविधा प्राप्त गर्दैन,’ उनले भने।
जहाँ पनि पार्टीको मानिस चाहने र विश्वविद्यालयसमेत दलीयकरण हुँदा मानिस रिसाएको उनको भनाइ छ।
‘कांग्रेस पार्टी अब नेपाली समाजलाई र राज्यलाई तीब्र दलीयकरणबाट बाहिर निकाल्छ, हामीलाई तपाईंको साथ भने चाहिन्छ, यो गर्ने हो,’ उनले भने, ‘अर्को, पार्टीको पुनर्संरचना। यत्रा भ्रातृ र शुभेच्छुक छन् पार्टीमा तर भदौ २४ गते हामीले के महसुस गर्यौं? निरिहता। हाम्रो पार्टी गुटउपगुटमा टुक्राटुक्रा भएको छ। यसलाई हामीले बदल्ने हो। विधानमा रहेका पार्टीको तह अब चाहिँदैन। पार्टीले छानेका व्यक्ति नेतृत्व र उम्मेदवार हुने हो अब। पार्टीमा नचाहेका संस्थाहरू नराख्ने, स्वतन्त्र ढंगले चल्न दिने। यति गर्यो भने पार्टी नागरिकतर्फ फर्कन्छ।’
घर र पार्टी कार्यालय आगोलागी गर्न आउँदा र सभापति शेरबहादुर देउवामाथि आक्रमण गर्न आउँदा कांग्रेस कति खोक्रो भएको रहेछ भन्ने देखाउने उनले उल्लेख गरेका छन्।
भिडिओ: