नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको सहमति विडम्बनापूर्ण भएको बताएका छन्।
‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जीबीच पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र प्रतिनिधि सभा विघटन गर्ने सहमति जुटेको छ। कार्कीले अहिले ९ बजे प्रधानमन्त्रीको शपथ लिँदैछिन्। आजै सानो आकारको मन्त्रिपरिषद पनि गठन हुनेछ।