भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
शनिबार सामाजिक सञ्जाल एक्समा मोदीले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहरण गरेकोमा बधाई दिएका हुन्।
'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना,' उनले लेखेका छन्, 'नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।'