जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका आफ्ना मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।
शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन्।
जनमतबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहा थिए।
संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको बताएका छन्।
मधेसमा जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल सत्तासाझेदार छन्।
