नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ।
बिहीबार मध्याह्नदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राखेका छन्।
ती प्रस्तावहरूबारे समूहगत छलफल हुनेछ। समूहको छलफलबाट निस्किएको निष्कर्ष हलमा प्रस्तुत हुनेछ।
त्यसमा अध्यक्ष प्रचण्डले जबाफ दिनेछन्।
विशेषगरी जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।
पदाधिकारी बैठकबाट भएको उक्त निर्णयलाई केन्द्रीय कमिटीमा छलफलको प्रस्ताव बनाइएको छ।
केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उक्त निर्णयले औपचारिकता पाउनेछ।
केन्द्रीय सदस्यका लागि १ हजार प्रवेश शुल्क तोकिएको छ।
माओवादीको केन्द्रीय समितिको आकार ४०८ सदस्यीय छ।
तस्बिरहरूः
-ink-1758782338.jpeg)
-ink-1758782336.jpeg)
-ink-1758782338.jpeg)
-ink-1758782337.jpeg)
-ink-1758782331.jpeg)
-ink-1758782342.jpeg)
-ink-1758782342.jpeg)
-ink-1758782342.jpeg)
-ink-1758782341.jpeg)
-ink-1758782341.jpeg)
-ink-1758782340.jpeg)
-ink-1758782340.jpeg)
-ink-1758782339.jpeg)
-ink-1758782338.jpeg)
-ink-1758782337.jpeg)
-ink-1758782336.jpeg)
-ink-1758782335.jpeg)
-ink-1758782334.jpeg)
-ink-1758782334.jpeg)
-ink-1758782334.jpeg)
-ink-1758782334.jpeg)
-ink-1758782333.jpeg)
-ink-1758782333.jpeg)
-ink-1758782332.jpeg)
-ink-1758782332.jpeg)
-ink-1758782332.jpeg)
-ink-1758782332.jpeg)
-ink-1758782339.jpeg)