राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ राष्ट्रिय परिषद् प्रमुख मनोनीत गरेको छ।
पार्टीको अन्तरिम विधान २०८१ को दफा १३९ को उपदफा १९ र २८ अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सिफारिस अनुसार ९ जनालाई विभिन्न परिषदमा मनोनीत गरिएको महासचिव केशव झाले जानकारी दिए।
तमु राष्ट्रिय परिषद प्रमुखमा कमलाकुमारी गुरुङ मनोनीत भएकी छन्।
नेवाः राष्ट्रिय परिषद प्रमुखमा सुमन सायमी प्रमुख नियुक्त भएका छन्।
तामाङ राष्ट्रिय परिषद प्रमुखमा मिङमार तामाङ, लिम्बू राष्ट्रिय परिषदमा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषदमा चन्द्र प्रसाद राजवंशी प्रमुख मनोनीत भएका छन्।
खस राष्ट्रिय परिषदमा शेर बहादुर शाह थारू राष्ट्रिय परिषदमा चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिलकुमार सिंह प्रमुख मनोनीत भएका हुन्।
