निर्मलनिवासले पहिलो पटक 'पूर्व श्री ५' सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ।
दसैंको अवसरमा आइतबार निर्मलनिवासबाट जारी भएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई 'पूर्व श्री ५' भनेर उल्लेख गरिएको गरिएको छ।
यसअघि निर्मलनिवासबाट प्रकाशित हुने विज्ञप्तीमा 'श्री ५ महाराजधिराज' भनेर उल्लेख गरिन्थ्यो।
संविधानले चिन्दै नचिनेको 'श्री ५ महाराजधिराज'सम्बोधन गरिएको लेटरप्याड प्रयोग गरेको भन्दै गत असारमा पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्र पाठकसँग प्रहरीले सोधपुछ समेत गरेको थियो।
त्यतिबेला प्रहरीले त्यसरी सम्बोधन गरिएको लेटरप्याड प्रयोग नगर्ने सर्तमा पाठकलाई छाडेको थियो।
