गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचारका लागि ९ वटा जिल्लामा रकम निकासा गरेको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहायक प्रवक्ता रविन्द्र आचार्यले प्रति घाइते २० हजार रुपैयाँ दिने गरी ९ वटा जिल्लामा रकम निकासा भएको जानकारी दिएका छन्।
गृहले आइतबारदेखि घाइतेहरूको लागि परिचयपत्र वितरण गरिसकेको छ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइतेहरूका लागि भैपरी खर्चबापत २० हजारका दरले ९ वटा जिल्लामा रकम निकासा भएको हो।
झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेल्धुरामा रकम निकासा गरिएको हो।
उपचाररत घाइतेहरू अस्पताल जाँदाको बिरामी टिकटपूर्जा/कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा सम्पर्क राख्नुहुन गृहले अनुरोध गरेको छ।
