नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएको छ।
आइतबार बसेको बढुवा समितिको सचिवालयको बैठकले चार जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका सुशिलसिंह राठौरको बढुवा सिफारिस भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका उमा प्रसाद चतुर्वेदी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेका हिमालय कुमार श्रेष्ठको बढुवा सिफारिस भएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डम्बर बहादुर बिकको पनि बढुवा सिफारिस भएको छ।
