अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध मुद्दा दर्ता गरेको छ।
दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालिन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी/विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,यमकुमारी गुरूङ,तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा गरेको हो।
पूर्व मन्त्री गुप्ता र श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गरिएको छ। व्यक्तिअनुसार फरक फरक विगो कायम गरिएको छ।
पोखरा महानगरपालिका-१६ मा रहेको दिप विर्ता (लिची बगैचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन्।
पूर्वमन्त्री राजकुमार गुप्तासँगको अडिओ सार्वजनिक भएसँगै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।