नेकपा (एमाले) निकट अनेरास्वियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङ विरूद्ध दिएको जाहेरीमा केरमेट भएको पाइएपछि प्रहरीले फिर्ता गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरीमा केरमेट धेरै भएको भन्दै अखिलका नेताहरूलाई नै फिर्ता गरेको हो।
प्रहरीले जाहेरी सच्याएर ल्याउनू भनेर फिर्ता गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।
‘जाहेरीमा केरमेट भएपछि फिर्ता गरेका हौं। फेरि ल्याउनुभएको छैन,’ उनले भने।
यस्तै बुधबार पनि युवराज सफल भनिने युवराज पौडेलले बालेन र सुदनविरूद्ध जाहेरी दिएका छन्।
उनको जाहेरी भने अध्ययन गरिरहेको र त्यसलाई भदौ २३ र २४ गते का लागि बनेको जाँचबुझ आयोगमा पठाइने बताए।