गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन्।
बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विट्जरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ।
नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ। —न्युज एजेन्सी नेपाल