सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गराएको छ।
बिहीबार भएको निर्णय अनुसार दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिले तोकेभन्दा बढी खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिने भएको हो।
गृह मन्त्रालयको उच्च स्रोतका अनुसार माओवादी केन्द्र अध्यक्ष प्रचण्डका ३४ जना सुरक्षाकर्मीहरू फिर्ता गराइएको छ।
त्यस्तै एमाले अध्यक्ष ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता गरिएका हुन्।
कार्यविधिले पूर्वप्रधानमन्त्रीको सुरक्षामा खट्ने सुरक्षाकर्मीको संख्या तोकेको छ। अन्य पूर्वप्रधानमन्त्री तथा नेताहरूका पनि कार्यविधिले तोकेभन्दा बढी भएका सुरक्षाकर्मी फिर्ता गर्ने गृहको तयारी छ।