नेकपा (माओवादी) केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन– जी विद्रोहले संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्ने आवश्यकतालाई अझ बढी सान्दर्भिक तुल्याएको धारणा राखेका छन्।
शुक्रबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक सुधारको बाटो पहिल्याउने बेला भएको बताएका हुन्।
‘१० वर्षपछि संविधान कार्यान्वयनको समीक्षा गर्ने भनेर सबै राजनीतिक दलले प्रतिबद्धता जनाएका थियौं। अहिले त्यो समय आएको छ। जेन जी आन्दोलनले त्यसलाई अझ सान्दर्भिक बनाएको छ। समीक्षा गरेर केके सुधार गर्न सकिन्छ, त्यसतर्फ जाने बेला भएको छ,’ उनले भने।