जेन-जी घटना सम्बन्धि जाँचबुझ आयोगले व्यक्तिगत र राजनीतिक दलको क्षति भएको सम्पत्ति विवरण माग गरेको छ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते प्रदर्शनीमा काठमाडौं लगायत विभिन्न ठाउँमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण उपलब्ध गराउन माग गरेको हो।
आयोगले विवरणसहित घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरू फोटो/ भिडिओ र कागजातहरू भए सो समेत sept8and9incident.ic@gmail.com पठाउन अनुरोध गरेको छ।
आयोगले तोकिदिएको ढाँचा बमोजिम इमेल गर्नुपर्ने बताएको छ।
यद्यपि, हुलाकमार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ।
हुलाकबाट पठाएको क्षतिको विवरणको एक प्रतिलिपि इमेल गर्न आयोगले अनुरोध गरेको छ।
