पूर्वएआइजी देवेन्द्रराज सुवेदीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले आइतबार उजुरी दिएको हो।
प्रचण्डका प्रेस संयोजक गोविन्द्र आचार्यले उजुरी दिएको जानकारी दिए।
सुवेदीले भदौ २३ गतेको आन्दोलन हुने भएपछि दुई दिन अगाडि नै प्रचण्डको घरबाट दुइटा ट्रकमा दुई करोड पैसा बाहिर लगिएको भन्ने अभिव्यक्ति दिएका थिए।
यस सम्बन्धमा पुष्टि गर्न चुनौती दिँदै प्रचण्डको सचिवायलय आइतबार विज्ञप्ती जारी गरेको थियो।
'त्यसपछि अझै क्लिपहरू भाइरल भए। त्यसकारण कानुनअनुसार कारबाही गरिपाउँ भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएका हौं,' आचार्यले सेतोपाटीसँग भने।