प्रधानमन्त्री सुशीला कार्कीले चन्दा संकलनका लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिइएको बताएकी छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले आफ्नो नाममा भइरहेको ती सबै आर्थिक कारोबार तथा संकलनहरू पूर्णतः अनधिकृत र गैरकानुनी ठगी भएको बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले विभिन्न जिल्लामा केही समूहले प्रधानमन्त्री तथा कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक दान माग/संकलन गरिरहेको कुरामा ध्यानाकर्षण भएको जनाएकी छन्।
'कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ', विज्ञप्तिमा भनिएको छ।
यस्तै, त्यसरी चन्दा संकलन गरेका वा गर्न प्रोत्साहित गर्नेलाई् कानूनी दायरामा ल्याउनको स्थानीय प्रशासन /प्रहरी कार्यालयमा जानकारी गराउन आह्वान गरिएको छ।