राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार असोज २९ गते बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ।
परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समीक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको उनलेे बताए।
राप्रपा महामन्त्री धवल शमशेर राणा र कुन्तीकुमारी शाहीले आइतबार काठमाडौमा भेला गरि नियमित महाधिवेशन मंसिर १८ गतेअघि बोलाउन माग गरेका थिए।