नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताएका हुन्।
‘नियमित महाधिवेशन हुनुपर्यो, मंसिरभित्रै हुनुपर्यो, योभन्दा तलमाथि हुनु भएन, केन्द्रीय समितिले यसबारे निर्णय गर्छ,’ नेता कोइरालाले भने।
सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय समिति बैठक सुरू गर्दै विधानअनुसार १५ औं महाधिवेशन हुने बताएका छन्।