राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ।
बुधबार मध्याह्नदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफलकेन्द्रित रहेको उनले जानकारी दिए।
बैठक महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले बहिष्कार गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरू बैठकमा अनुपस्थित भएका हुन्।
बैठकअघि महामन्त्रीद्वयले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिस्कार गर्ने जानकारी अध्यक्ष लिङ्देनलाई दिएका थिए।
यो पनि: राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्दै महामन्त्रीद्वय धवल शम्शेर र कुन्तिकुमारी