नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा हो-हल्ला भएको छ।
महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूबाट धारणा राख्न सुरू गर्ने बताएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाएका थिए।
सचिवालयबाट बोल्न सुरू गर्नुपर्ने उनको भनाइ थियो।
त्यसपछि केही केन्द्रीय सदस्यहरूले पोखरेलका कुरामा साथ दिए। सचिवालय सदस्यहरूका कुरा सुन्न नपाएको भन्दै उनीहरूले सचिवालयबाट बोल्न सुरू गरे पनि हुने बताएका थिए।
त्यसपछि अहिले खाजा ब्रेक गरिएको छ।
केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेटका दरले समय दिने तयारी एमालेले गरेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उक्त प्रतिवेदनमा केन्द्रित रहेर सदस्यहरूले धारणा राख्नेछन्।