नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमत हुँदाहुँदै समयको स्वरलाई सम्बोधन गर्दै कार्यवाहक दिएर गएको बताएका छन्।
सभापति देउवाले मंगलबार केन्द्रीय कार्यालय सानेपा आएर केन्द्रीय समितिमा बोल्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
महामन्त्री शर्माले सभापति देउवाले आगामी परीक्षा सुम्पिएर गएको पनि बताए।
‘जेनजी प्रदर्शनको जायज माग सम्बोधन गरिनुपर्छ,’ शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार लेखेका छन्, ‘व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनुपर्छ। बहुमत छँदैथियो छ तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई यिनै शब्दसाथ `आगामी परिक्षा´ सुम्पिए l समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान।’