राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने भएको छ।
आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको उनको भनाइ छ।
गत माघदेखि राप्रपा केन्द्रीय समिति बैठक बसेको छैन।
यो पनि:
यस्ता छन् राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गरेका १३ निर्णय