नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजका लागि स्थगित भएको छ।
भोलि बिहान ८ बजेदेखि फेरि बैठक सुरू हुनेछ।
आजका बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
उक्त प्रतिवेदनमा आधारित रहेर केन्द्रीय सदस्यले धारणाका राखेका थिए। वर्णानुक्रम 'ज्ञ' बाट केन्द्रीय सदस्यहरूले बोल्न सुरू गरेका हुन्।
एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम साता पोखरामा बस्ने प्रस्ताव अध्यक्ष ओलीको छ।
३५६ सदस्य केन्द्रीय कमिटीमध्ये आज ५० जनाले धारणा राखेका थिए।