जेनजी अभियानी मिरज ढुंगाना नयाँ राजनीतिक दल खोल्ने तयारीमा लागेका छन्।
'गरिखान देऊ' भन्ने अभियानका संयोजकसमेत रहेका उनले राजनीतिक दल खोल्नेबारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।
‘अब हामीले राजनीतिक दल खोल्नैपर्ने अवस्था देखेका छौं,’ उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि- हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं। जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं।’