नेकपा एमालेकी केन्द्रीय सदस्य नवीना लामाले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको आवश्यकता रहेको बताएकी छन्।
केन्द्रीय कमिटीमा धारणा राख्दै उनले जेनजीको आन्दोलनपछि नयाँ सरकार आएको बताइन्।
‘यो सरकार किन आयो भनेर विभिन्न धारणा आएका छन्, वास्तवमा हामीले जनताको मन जित्न नसकेका रहेछौं,’ उनले भनिन्, ‘जनताका बीचमा हामी साँच्चै विस्तापित भइसकेका रहेछौं।’
उनले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण हुनुपर्ने बताइन्।
साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्न नहुने उनले बताइन्।
उनले पार्टी र अहिलेको व्यवस्था बचाउनुपर्ने बताएकी छन्।