नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेनजी आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएकी छन्।
नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई लाञ्छित गर्नुको साटो सम्मान गर्नुपर्ने धारणा राखेकी हुन्।
अध्यक्ष केपी ओलीले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पदाधिकारीको सरसल्लाहमा नआएको उनले स्पष्ट गरिन्।
‘अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पदाधिकारीको सल्लाह गरेर ल्याइएन,’ शाक्यले भनिन्, ‘प्रतिवेदनमा जेनजी आन्दोलनले परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरिएन। जेनजी आन्दोलनलाई परिचालित षड्यन्त्र वा शक्तिकेन्द्रबाट परिचालित भनेर लाञ्छित नगरौँ। सम्मान गरौँ। स्वीकार गरौँ।’
यसअघि नेकपा एमालेको पदाधिकारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी शाक्यले केन्द्रीय समिति बैठकमा राजीनाको कुरा उठाइनन्।
उनले पदाधिकारी बैठकमा अध्यक्ष सहित पदाधिकारीहरू सबैले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन्।
अध्यक्ष केपी ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको महाधिवेशन गर्न केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका छन्।