नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेन—जी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो माओवादीका नेता, कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको बताएका हुन्।
‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ। हामी जेन—जीका बलिदानलाई सार्थक बनाउनेगरि जान्छौँ । तर यसमा हामीलाई टार्गेट गर्ने काम भइरहेको छ,' उनले भने।
उनले सरकारले भदौ २३ गतेको जेन—जी आन्दोलनमा हत्या गर्ने, सत्तामा हालिमुहाली गर्ने विचौलियाहरुलाई कारबाही गर्न नसकेको बताए।
'अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने ? हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ । यस प्रकारका बेठिक प्रवित्ति हामी स्वीकार्दैनौं,’ उनले भने। -न्युज एजेन्सी नेपाल