नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका छन्।
काठमाडौंमा भएको अन्तर्क्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए।
उनले एमालेको नेतृत्वबारे केन्द्रित रहेर पनि जबाफ दिए।
आफूसँग काम गर्ने शारीरिक र मानसिक क्षमता रहेको उनले बताए।
साथै ओलीले अरू देशहरूमा पनि ७०, ८० वर्षका नेताहरूले नेतृत्व गरिराखेको उदाहरण दिए।
‘बंगलादेशमा ८५, भारतमा ७६, अमेरिकामा ८० वर्षका नेताहरू नेतृत्वमा छन्,’ उनले भने, ‘पुटिन मभन्दा ७ महिना मात्रै कान्छा हुन् भने सी चीनफिङ डेढ वर्ष मात्रै कान्छा हुन्।’
त्यसैले अहिले चलिरहेको बसह उमेरमा केन्द्रित हुन नहुने उनले बताए।
‘त्यसैले यो उमेरको कुरा होइन, देशको अवस्थाको कुरा हो,’ उनले भने।
ओलीले हालैको केन्द्रीय कमिटी बैठकबाट मंसिर मसान्तमा ११ औं महाधिवेशन घोषणा गरेका छन्। उक्त महाधिवेशनबाट पनि अध्यक्षमा आउने ओलीको विश्वास छ।
अध्यक्ष ओलीले आफू अहिलेको जेनजी पुस्ताकै उमेरदेखि देश बनाउन हिँडेको पनि उल्लेख गरेका छन्। ‘लुकेर, अँध्यारो मुख लगाएर हिँड्दिनँ,’ उनले भने।
ओली ७३ वर्षका भए।