नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घटनाको अनुसन्धान गर्नुभन्दा पनि आफूलाई थुन्ने योजनामा बनेको बताएका छन्।
आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आयोग घटना छानबिन गर्नुभन्दा बढी आफूलाई थुन्ने योजनाका लागि बनाइएको बताएका हुन्।
'शान्तिपूर्ण गरिएको आन्दोलनमा काठमाडौंदेखि मेचीसम्म कसको घर कहाँ छ भनेर योजना बनाउने को हो भनेर खोज्नु छैन,' उनले भने, 'केपी ओलीलाई थुन्न सकिन्छ भन्ने लाग्ला।'
उनले आफूलाई थुनुपर्ने गरी केही काम नगरेको पनि बताएका छन्।
'सधै सोचविचार गरे मनले होइन सधै मस्तिष्कले काम गर्ने गरेको छ। त्यसकारण सितिमिति गल्ति गर्दिनँ,' उनले भने।
भ्रष्टाचार, अनियमितता, दुर्व्यवहार पनि गरेको छैन। त्यसकारण आफूलाई थुन्ने कुनै ठाउँ नभएको उनले पत्रकार सम्मेलनमा बताएका छन्।