गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको दाबी गरेका छन्।
सिंहदरबारमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफ दिने क्रममा उनले पूर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए।
आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ।
उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिएँ भनेर। उहाँ कहिले जानुभएको थियो? उहाँलाई सोध्नुपर्यो नि। मैले कुन दिन बोलेको थिएँ, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वार्ता छापिएपछि आउनुभयो नि उहाँ त।’
गृहमन्त्री अर्यालले आइतबार सञ्चार माध्याममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममो रहको अन्तर्वार्ता दिएका थिए।
सोमबार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिएका छन्।
– न्युज एजेन्सी नेपाल