नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक सुरू भएको हो।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेनजी, सरकार र राजनीतिक दलहरूसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ।
साथै पार्टीको महाधिवेशन कार्यसूचीबारे पनि छलफल हुने पार्टीले बताएको छ।

-1761981130.jpg)
-1761981112.jpg)
—न्युज एजेन्सी नेपाल