नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सचिवालय बैठक सुरू भएको हो।
नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूसँगको एकता छलफलको मुख्य एजेन्डा रहेको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए।
एकीकृत समाजवादीको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो।
सो निर्णयसँगै माओवादी केन्द्रले छलफलका लागि सचिवालय बैठक बोलाएको थियो।
माओवादी केन्द्रले एक महिना अगाडि नै केन्द्रीय समितिबाटै एकीकृत समाजवादी लगायतका दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।
एकीकृत समाजवादीले पनि निर्णय गरिसकेका कारण त्यसबारेमा थप छलफल गरी प्रक्रिया अगाडि बढाउन माओवादीले बैठक बोलाएको हो।
बैठकले बैचारिक राजनीतिकसँगै सांगठनिक विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीको धारणा बनाउनेछ।
तस्बिरहरूः


