नेकपा (माओवादी केन्द्र) ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरू टुंगो लागिसकेको बता
प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उनले बताए।
पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्ले लगायतको पार्टीहरूसँग पार्टी एकता हुने उनले बताए।
अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरूको पहलकदमी ढिलाइ हुने उनले बताए।
देश झन झन अराजकता र संकटतिर गइरहेको उनले बताए।
उनले मिल्नसक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको बताए।
नेकपा (माओवादी केन्द्र) नफुट्ने उनले दाबी गरे।
पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक, अलोकतान्त्रिक भएको उनले आरोप लगाए।— न्युज एजेन्सी नेपाल