सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन भएको छ।
लोकतन्त्रमा आस्था राख्ने जेनजी पुस्ताको फोरम आइतबार गठन गरिएको हो।
यो फोरमको सदस्यमा पुजन चाम्लिङ राई, रिशा थापा, सरोज विष्ट, विशाल शाही,  कुम्भराज सहकारी देउवा, जनक साउद, लक्ष्मीप्रसाद पौडेल, महेन्द्र कुंवर, रमेश न्यौपाने, सुनिता मल्ल, सतेन्द्र यादव, विनोद उपाध्यय, दिनेश राज ऐडि, निरन्जन रोहिता लगायत छन्।
फोरमले राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घियता, लोकतान्त्रिक गणतन्त्र , प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्रका मुलभूत आधार स्तम्भमाथि जुनसुकै बहानाबाट हुने आक्रमण र षड्यन्त्रलाई चिर्ने बताएको छ।
लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण जेनजी युवालाई एकीकृत गर्न डेमोक्रेटिक जेनजी फोरम गठन गरिएको उनीहरूले बताएका छन्।
साथै उनीहरूले निर्वाचन वातावरण बनाउन सरकारलाई पनि आग्रह गरेका छन्। उनीहरूले  डेमोक्रेटिक जेनजी फोरमलाई प्रदेश र जिल्लामा पनि विस्तारको तयारी गरेका छन्।