नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद पुनःस्थापना हुने बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले नचिनेको बताएका हुन्।
‘बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विश्वास छैन,’ उनले भनेका थिए।