प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री र सचिवहरूको बैठक राखेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार मन्त्री र सचिवहरूको बैठक बसेको हो।
वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उनको सचिवालयले जानकारी दिएको छ।
कार्की जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनी गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।