एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकीकृत पार्टीको तेस्रो वरीयताको नेता बन्ने भएका छन्।
बुधबार बिहान माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनालबीच तेस्रो वरीयताको नेता बन्ने समझदारी भएको हो।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहेको छ।
प्रचण्ड पहिलो वरीयतामा त्यसपछि माधवकुमार नेपाल रहने सहमति थियो। त्यसपछि तेस्रो वरीयतामा वामदेव गौतम रहने समझदारी थियो। अब वामदेव झलनाथपछिको वरीयतामा रहनेछन्।
यद्यपि यसको घोषणा केही बेरमा हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
‘तेस्रो वरीयताको नेता बन्ने समझदारी भएको छ, यसको औपचारिक घोषणा केही बेरमा हुनेछ,’ सचिवालयले भन्यो। प्रचण्ड–खनालबीच बुधबार बिहान भेट भएको थियो।
एकीकृत समाजवादीको अन्तिम केन्द्रीय कमिटी बैठकमा भने खनालले माअोवादी केन्द्रसहितका दलहरूको एकतामा विमति राखेका थिए।
अहिले खनाल १० दलबीचको एकता घोषणामा छन्।