नेकपा (एमाले) नेता शान्ता चौधरीको अचार उद्योगको सुर्खेत स्थित बिक्री कक्षमा आगजनी भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार चौधरीको पसलमा आगो लागेको हो।
गएराति नै प्रहरी र स्थानीयले आगो निभाएका थिए।
नेता चौधरीले आफ्नो पसलमा आगजनी भएको बताएकी छन्।
उनले घटनामा संलग्नलाई कारबाहीको माग गरेकी छन्।
डिएसपी बुढथापाले भने कसैले आगजनी गरेको हो होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।
गए राती सुर्खेत नगरपालिका वडा नं ६ स्थित नजिकै रहेको नवदुर्गा बेबि सपमा विद्यूत सर्ट भएर आगलागी भएको र त्यहीबाट सल्केको आगो अन्यत्र सरेको हुन सक्ने उनले बताए।
'घटनाको अनुसन्धान गर्दैछौं। कति क्षति भयो भन्ने एकिन भैसकेको छैन,' उनले भने।