राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेश इन्चार्ज हटाएको छ।
अब केन्द्रीय सदस्यहरूमध्येबाट इन्चार्ज तोक्ने तयारी रास्वपाको छ।
मंगलबार राति बसेको सचिवालय बैठकले पदाधिकारी र सचिवालय सदस्यहरूमध्येबाट तोकिएका प्रदेश इन्चार्जहरूलाई हटाएर नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो।
‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले भने।
रास्वपाको यसअघि कोशी इन्चार्ज सन्तोष परियार, मधेस इन्चार्ज मनीष झा थिए। बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी थिइन्।
गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल इन्चार्ज थिए।
कोशी इन्चार्ज परियारले भने पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिसकेका छन्।