नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ।
आज दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला भएको हो।
भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि उपस्थित छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।
विशेष महाधिवेशन पक्षधरले २०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी रहेका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला गरेका हुन्।