नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले आज राष्ट्रिय सभा गृहमा भेला गरेका छन्।
उक्त भेलामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूले धारणा राखिरहेका छन्।
यही क्रममा गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरूङले पनि बोले।
उनले अब गगन थापाको विकल्प नरहेको बताएका छन्।
‘हाम्रा साथीहरू कताकता अलमलिएकोजस्तो देख्छु, आफ्नै नाम लिएर स्वार्थको पोको पारेर हिँडेकोजस्तो, अबको विकल्प भनेको गगन थापा हुन्, भन्नमा लाज मान्न हुन्न। निर्धक्क भन्नुपर्छ- आमनागरिकले अबको विकल्प गगन थापा भनेका छन् म यहाँ पनि भन्न चाहन्छु, अबको विकल्प गगन थापा हुन्,’ उनले भने।
उनले विशेष महाधिवेशनको पनि विकल्प नरहेको बताएका छन्।