नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरूङलाई पक्राउ गर्न माग गरेका छन्।
धनगढीमा त्यहाँ जेनवी र युवा संघका कार्यकर्ताबीच तनाब भएपछि उनले मन्त्री घिमिङ, मेयर बालेन र गुरूङले जेनजी समूहलाई अराजक र उत्तेजक बनाएको आरोप लगाएका छन्।
‘राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन। तर कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरू हटेका छन्। प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ। उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन। जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेन्जी का नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ,सुधन गुरुङ हुन्। यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ,’ उनले भनेका छन्।
धनगढीमा युवा संघका कार्यकर्ताको कुटपिटबाट त्यहाँकी जेनजी अगुवा सरिता जोशी घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
अहिले त्यहाँ युवा संघले जागरण सभा गरिरहेको छ।