राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकताबारे छलफल अघि बढेको छ।
रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र विवेकशीलबाट उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच पार्टी एकताबारे चरण चरणमा छलफल अघि बढेको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाबाट उपसभापति वाग्लेसहित ३ जनाको कार्यदलले यसबारे गृहकार्य गरिरहेको छ।
कार्यदलमा नेताहरू शिशिर खनाल र डा. तोसिमा कार्की छन्। यो कार्यदलले विवेकशील साझासहित अरू घटकहरूसँग पनि एकताका लागि संवाद गरिरहेको उनले जानकारी दिए।
विवेकशील साझाका उपाध्यक्ष परियारले पनि यसबारे छलफल भइरहेको जानकारी दिए।