नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। तर मतदान भने निर्धारित समयभन्दा ढिला हुने भएको छ।
विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ।
'सोमबार राति मात्र हामीलाई नामावली प्राप्त भयो। त्यस अनुसार हामीले डेटा इन्ट्री गरेका थियौं,' भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले सेतोपाटीसँग भने, 'आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन समय लाग्ने भएको छ।'
अब वर्णानुक्रम अनुसार मेसिनमा नामहरू इन्ट्री गरिने उनले बताए।
नाम इन्ट्री गरेपछि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हेरेर प्रमाणीकरण गर्नेछन्।
मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ। फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमालले बताए।
मतदानका लागि सय वटा मेसिन राख्ने तयारी भइरहेको रिमालले बताए।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ।
तस्बिरहरू:
-1765885051.jpg)
-1765885050.jpg)
-1765885048.jpg)
-1765885049.jpg)
-1765885049.jpg)
-1765885049.jpg)
-1765885050.jpg)