नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित भएको विषयमा नेपाल जेनजी फ्रन्ट संयोजक रक्षा बमले आफ्नो टिप्पणी सार्वजनिक गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा बमले 'ओली जनताको कठघरामा उभिन बाँकी नै रहेको' बताएकी छन्।
एमाले महाधिवेशनले भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरेको टिप्पणी पनि उनले गरेकी छन्।
'उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे ... जनताको कठघरामा उभिएका होइनन्। जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए। जनताले ब्यालेट बक्समा सुनाउने छन्,' रक्षाले भनेकी छन्।
उनी अगाडि लेख्छिन्, 'तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान्। आखिर उनीहरूले बादशाहको नयाँ पोसाकलाई उम्दा छ भन्नैपर्छ। तर भीड माझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नांगो छ भन्दै छन्/भनिरहेकै छन्। हिस्सेदारहरूले याद गरून्, प्रत्येक इतिहासले क्रूर तानाशाहलाई रिसाउँदै घृणाले नै पढेको छ।'