प्रधानमन्त्री सुशीला कार्की टुँडिखेलमा ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन्।
तमु हिल छोजदी गुरुङ राष्ट्रिय परिषद्ले टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन्।
उनलाई आयोजकले गुरूङ पहिरन लगाइदिएका छन्। तमु कलाकार संघले प्रधानमन्त्रीलाई गुरुङ ड्रेस लगाएको कार्टुन उपहार पनि दिएका छन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताइन्।
'यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो। तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन्। यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्,' उनले भनिन्, 'आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ। घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो। यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नुपर्नेछ।'
जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौं भन्ने विश्वास नै नेपाली समाजको अर्को सुन्दर पक्ष रहेको प्रधानमन्त्री कार्कीले बताइन्।पछिल्ला दिनहरूमा देखिएका
परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उनले बताइन्।
तस्बिरहरूः
-ink-1767085346.jpeg)
-ink-1767085346.jpeg)
-ink-1767085345.jpeg)
-ink-1767085345.jpeg)
-ink-1767085346.jpeg)