नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले चुनाव पर्खिरहेको बताएका छन्। मंगलबार महाधिवेशनको सन्देश बताउन आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित टिप्पणी गर्दै ओलीले केही पार्टीले प्रधानमन्त्री बनाइसकेको भन्दै टिप्पणी पनि गरेका हुन्।
‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,’ उनले भने।
एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताए।