नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन्।
आयोग गएका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय 'डिना', सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत लगायत छन्।
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै आफूहरू आयोग पुगेको कांग्रेस नेता कल्याण गुरूङले बताए।
'हामी केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र भ्रातृ संगठनका प्रतिनिधिहरू अहिले आयोगमा जम्मा भएका छौं,' गुरूङले सेतोपाटीसँग भने, 'देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक नेपाली कांग्रेस हो। यही विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्न हामी यहाँ आएका हौं।'
आयोगका पदाधिकारीहरूसँग केही बेरमै छलफल हुने उनले जानकारी दिए।
उनीहरू अहिले आयोगका पदाधिकारीलाई भेटेर छलफल गर्न कुरिरहेका छन् भने देउवा पक्षका तरूण दलका युवाहरू बाहिर धर्ना दिएर बसेका छन्।
सबै तस्बिर: प्रदीपराज वन्त/रासस


-1768538355.jpeg)
-1768538355.jpeg)

-1768538354.jpeg)